नया सम्वत

एउटा नया वर्ष मनाउदाको थकाइ मेटिएको छैन, अर्को नया वर्ष मनाउने चटारो परिसक्यो। कति मनाउनु नया वर्ष? इस्वी सम्वत, शाके सम्वत, शेर्पा सम्वत, तमु सम्वत, नेवा सम्वत, अवधी सम्वत, भोजपुरी सम्वत, मिथिला सम्वत, कोचिला सम्वत, धिमाल सम्वत, चेपाङ सम्वत – नाम लिएर साध्यै छैन। सवैको घर घरमा आ–आफनै पात्रो छ। आ–आफनै तीर्थवर्त छन। भनेपछि, सवैको घरवाट एउटा एउटा सम्वत शुरुहुनु स्वाभाविकै भएको छ। सम्वत त कति कति। र, यी सवैको प्रारम्भमा मनाइने विक्रम सम्वतको उल्लेख नगर्नु त तरकारीमा नून हाल्न विर्सिनु जत्तिकै हो।

नया वर्षको तर्कना गर्दागर्दै निदाएकी किमिला सपनामा तमु ल्होसार मनाउदै थिई। टुडिखेलको नया वर्ष मेलामा ममसंग खाएको अचारको पीरोले अचानक नै उ झल्यास्स व्यूझिइ। घडी हेरी–रातिको दुइबजेको थियो। उ कोल्टे फेरेर फेरी सुती। त्यसपछि उसले फेरी पनि नया वर्षकै सपनादेखि। नेवा नया वर्षको सपना। त्यो साझ उ छायाको घरमा नया वर्ष मनाउदै थिइ। वोडी र वाराका परिकारसंगै पालामा वासा। पालाको वासा ध्वाप्प पारेपछि सपना सकिएको थियो र उ पनि व्यूझिइ सकेकी थिइ।
एकै रात दुइ दुइ नया वर्षको सपना। किमिला आफै दंग परेकी थिइ। उसले फत्तेमानको गीत गुनगुनाई – यस्तो पनि हुदो रेछ जिन्दगीमा कहिले कहिले। उसलाई खूव मन पर्थ्यो यो गीत। ओरिजिनल सुन्न पाएकी थिइन। रिमिक्स त धेरैपल्ट सुनेकी थिइ। अचेल उसलाई पुराना गीत मन पर्न थालेको थियो।
विहानको पाच वजी सकेको थियो। दात माझी। उसलाई नुहाउन मन लाग्दैनथ्यो। त्यसको सट्टा पूरै शरीरभरि स्प्रे गरी र सफा सुग्घर भै। मोवाइल स्कर्टको खल्तीमा घुसारी र ग्यारेजवाट स्कूटी निकालेर घुर्रर लागि कलेजतिर।
स्कूटीमा घुर्रिदैगर्दा उसको मोवाइलमा आतिशका लागि छुट्याएको टोन वज्यो। उसले हतार हतार स्कूटी रोकी। रोक्दा स्कूटी पल्टिनै लागेका वेला कसैले झ्याप्प स्कूटी समायो। किमिलाले देखि आतिश स्कूटी कन्ट्रोल गर्दैछ। उ वोल्दै थियो – किन त्यसरी हुइकिएकी? म पर्खी राखेकोे थाह थिएन?
एकैछिनमा उनीहरु हिंडे स्कूलतिर। के सुर चढेर हो, स्कूल आइपुग्ने वेलामा किमिलाले स्कूटर मोडी अर्कैतिर। आतिशले आत्तिदै सोध्यो– ए कता हिंडेकी। आजको क्लास वंक गर्नु हुन्न। किमिलाले सुनेको नसुन्यै गरी।
महाराजगन्जको कफी पोइन्टमा पुगेर स्कूटी रोकियो। किमिलाले भनी, कस्तो भोक लागेको छ। तिमीलाई छैन?
किमिला व्रेकफाष्टमा जुटी। आतिश कफीसंगै चुरोट तान्न थाल्यो। खान सिध्याएर किमिलाले आतिशको अगाडि रहेको चुरोटको वट्टावाट एउटा चुरोट निकाली, सल्काइ र मुखवाट धुवाको मुस्लो आतिशतिर छाडदै भनी, यसपालि न्यू इयर कहा मनाउने त मिष्टर आशिक?
आतिशलाई उसको प्रश्नै मन परेन। कति मनाइ रहनु नया वर्ष? दशैंदेखि यता सातवटा नया वर्ष मनाइ सकियो। यसपटक अंग्रेजी नया वर्षको पनि चार्म थिएन। चारजना साथी मिलेर टेवल वुक गरे सधै नया वर्ष। खाली पिउने वहाना। उसले किमिलालाई जवाफ दियो, यसपाला न्यू इयर अफ।
आतिश र किमिला वेष्ट फ्रेण्डमात्रै थिए। धेरैपल्ट डेटिंग गएपनि अहिलेसम्म भेज नै थिए उनीहरु। किमिलाका लागि आशिक थियो आतिश र आतिशका लागि कमिला थिइ किमिला। किमिलाले धेरै पटक नन–भेज डेटिंगको प्रस्ताव राख्दै आएपनि आतिश छडकिइ रहेको थियो। नन–भेज डेटिंगको रहर नभएको होइन, उसको आर्थिक अवस्था नै त्यस्तै थियो। किमिलालाई पैसाको खाचो थिएन। ड्याड र ममीले दिएको पकेट खर्चले नपुगे उ हात लामो गर्न पछि पर्दैनथी।
ल किन नि – किमिलाले सोधी।
मूड छैन – आतिशले जवाफ दियो।
किमिला ठस्किइ। आतिशले विस्तारै भन्यो – यू आर नट कम्प्याटिवल टू मी। लेट्स से इट्स ओभर।
ओभर भने ओभर। हू केयर्स – किमिला फन्किदै कफी पोइन्टवाट वाहिरिइ र स्कूटी घुर्रर पारी। आतिशको अकाउण्टमा लास्ट फाइभ थाउज्याण्ड वचेको थियो। उसले कफी पोइन्टको एटीएममा कार्ड घुसार्यो। कार्ड छिर्ने वित्तिकै वत्ती झ्याप भो। शीट– आतिशले क्यास काउण्टरको ठिटोलाई मसीनमा कार्ड अडकेको वतायो। काउण्टरवालाले भन्यो, नो प्रोव्लेम। वत्ती आएपछि म झिक्न लगाएर राखी दिउला। नया वर्ष आउन वाकी छदै आतिशको जीवनमा नया सम्वत शुरु भै सकेको थियो।