यो एउटा रङ

आँखा सबैभन्दा ठूलो सत्य हो । यो मात्रै एउटा यस्तो शक्तिशाली प्रविधि हो, जसलाई मानिसको शरीरमा अभिन्न रहेको क्यामरा भन्दा केही फरक पर्दैन । यो क्यामराको क्षमता कति मेगा पिक्सेलको हुन्छ ? अहिलेसम्म कुनै शरीर वैज्ञानिकले, कुनै चिकित्सकले, कुनै इन्फर्मेसन टेक्नोलोजीका धुरन्धरले पत्ता लगाउन सकेका छैनन् । न त यसको स्टोरेज क्यापासिटीका बारे साधिकार कसैले बोलेका नै छन् । शहरहरूको दृश्यचित्र लगभग यस्तै नै हो । आँखाले यसलाई जति समेटन सक्छ, सत्य त्यति मात्रै हो । सत्यको कुनै सीमा हुँदैन । शहरको पनि कुनै सीमा हुँदैन । मानिसका असीमित आकांक्षासँगै यसका सीमाहरू अनियन्त्रित हिसाबले फैलिन थाल्दछन् । जलकुम्भीका जराहरू जस्तै ।

शहरका सत्यहरू विविध खण्डमा बाँडिएका हुन्छन् । बिहानको समयमा संसारको कुनै पनि शहरको अवस्था टीठलाग्दो हुन्छ । फुंग उडेको । नसाको सुरमा घरबासको ठेगाना हराएका केही मानिसहरू नक्साको खोजीमा सडकमा भौंतारिइरहेका भेटिन्छन् । शहरका ठूलठूला म्यान्सन र स्क्वायरहरू गार्वेज कन्टेनर जस्ता देखिन्छन् । शब्द र चित्र दुवैमा शहरको नांगो तस्वीर उतार्नु छ भने बिहानको समय बेजोडको हुन्छ । सबभन्दा रमाइलो कुरा, शहरमा बिहान कति बजे शुरु हुन्छ ? त्यो कसैले पत्तो पाउनै सक्दैन ।

काठमाडौंमा दशैंपछि जाडो मौसम शुरु भैहाल्छ । दशैं सकिनासाथ, जब शरीरले पातलो स्वेटर अथवा हलुका ज्याकेटको चाहना राख्न थाल्छ, त्यसबेला बुझ्नुपर्दछ, अब विक्रम वर्षको अन्त्यसम्मका लागि काठमाडौं आफ्नै गतिमा चिसिँदै जानेछ । दुई चार धार्नी गोलले भरिएका दुई चार दर्जन मकलले काठमाडौं शहरको चीसोलाई अहिलेसम्म पनि धान्दै आएको छ । कडा भए पनि छाला छेडेर मुटुमा घुसिहाल्न हिचकिचाउने खालको चीसो । हात र गोडाका नङमा आक्रामक ढंगले घुसे पनि अत्याउने मात्रै । एकछिन चियाको तातो गिलास समातेपछि आफैं लाचार हुने गजबको चरित्र बोकेको चीसो ।

तर, कहाँ पाउनु चियाको तातो गिलास अथवा कफीको तातो कप ? पहिले दोबाटोमा चियाका केतली बसालेर स्पेसल चिया बनाउनेहरू अहिले पेशा बदलेर अन्यत्र लागेका छन् । कफीको त चलनै छैन । आधा रातसम्म विभिन्न जातका रक्सी बेच्ने क्याफेका साहूहरू बिहान पसल खोल्दैनन् । एक कप चियामा एक रुपैयाँसम्म पनि नाफा हुन छाडेपछि किन खोल्नु क्याफे ? मापसे अभियानको यति चर्को सफलतापछि स्वाभाविक हुन्थ्यो काठमाडौंमा बिहानैदेखि कफी कल्चरको प्रारम्भ । तर कफी यथार्थ हो । त्यो जहिले पनि तीतो हुन्छ । दूध हालेको चियाले ग्यास्टि्रक बढाउँछ ।

शहरमा ‘मर्निंग वाकर’हरू घट्दा छन् । मानिस मानिससँग भाग्न थालेको छ । न भागेर पनि गर्नु के र ? घटनामा नवीनता छैन । मर्निंग वाकमा भेटेर एकआपसमा बाँड्ने गसिप पनि छैन । मानिसले थाहा पाउनुभन्दा पहिले नै सबै गसिपले समाचारको आकार लिइसकेका हुन्छन् । त्यसैले पनि, मानिस मेसिनसँग रमाउन थालेको छ । घरको कोठामा बसेर मर्निंग वाकको फाइदा र आनन्द दुवै एकसाथ लिन सकिने मेसिनहरू बजारमा छ्यापछ्याप्ती छन् । मानिसभन्दा महँगा भए पनि यी सजिला छन् । मेसिनसँगको उसको बढ्दो अपनत्वले समाजलाई संवेदनहीन बनाए पनि ऊ आफूलाई आफ्नै कैदखानामा सुरक्षित रहेको सोच्न त पक्कै स्वतन्त्र छ । शहरका सीमाले असीमित स्वतन्त्रता खोजे पनि मानिसले जति भोग्न पाएको छ स्वतन्त्रता, त्यतिमा नै ऊ सन्तुष्ट देखिएको छ । असीमित स्वतन्त्रता उसका लागि सुरक्षा चुनौती हो ।

जे जति मर्निंग वाकरहरू जोगिएका छन् ती रनभुल्ल छन् । उनीहरू एकआपसमा इतरिंदै कलेज जान हिंडेका केटाकेटीलाई फुटपाथमा उभिएर हेर्दछन् र कफीको तलतल बढाउँछन् । आफ्ना वरिपरिका परिस्थितिका निर्णायक तिनै होलान् । तर उनीहरूले त्यस्तो मान्यता पाएका छैनन् ।

चित्रहरूको फलकमा पोतिने र मेटिने रंगहरू इन्द्रधनुषी मात्रै हुँदैनन् । कलाकारहरू पनि प्राविधिक भइसकेका छन् । कालो रंगको कल्पना गर्छन् र कम्प्युटरबाट खैरो रंग निकाल्छन् । उनीहरू सकेसम्म कालो र खैरो बाहेक अरू कुनै रंगको अस्तित्व नै स्वीकार गर्दैनन् ।

तर, फागुन ६ गते बिहान शहरमा एउटा यस्तो रंग पनि देखियो जसको कल्पना अहिलेसम्म कुनै कलाकारले गरेका छैनन् । त्यो रंग एउटा मानिस थियो जसको आकार उसले घचेड्दैै ल्याएको ठेला फुटपाथमा अड्याएपछि मात्र स्पष्ट भयो । उसले सलाम-नमस्ते केही नभनी मतिर फर्किएर बोल्यो, ‘राधेश्याम ।’ मैले अनायाश नै जवाफ फर्काएँ- राधेश्याम । र, सोधें, ‘तिमी किन चिया-कफी नबेचेर यो फलफूल घिच्याएर हिँडेका छौ ?’

‘मैले खान नपाएर यो ठेला घिच्याएर व्यापार गरेको होइन नि । काम नगरी बस्दा बानी बिगि्रन्छ । तास-जुवा र जाँड-रक्सीको कुलत लाग्छ । त्यता नलाग्न अंगुर र सुन्तला बेच्न थालेको । राम्रै छ,’ ऊ बोल्न थाल्यो । म ऊ कुन रंगको हो भनेर खुट्याउने प्रयत्नमा लागें ।

‘रामग्राम थाहा पाउनुभएको छ ? छैन होला । परासी बजार क्या । अब त थाहा पाउनु भो होला । त्यही हो मेरो घर । पहिलेको घर त पुरानो नैकाप नै हो । म अब छोराको पास्नीका लागि उन्नाइस गतेसम्मका लागि घर हिंडें । मेरो चल्ताफिर्ता दोकान त्यसबेलासम्म बन्द रहनेछ । अरूलाई पनि सुनाइदिनुहोला । मानिसले मलाई कुहिएको फलफूल नबेच्ने केटो भनेर चिन्छन्,’ उसले अंगुरका झुप्पा मिलाउँदै बोल्यो एकै सासमा ।

मैले सोध्नै आँटेको थिएँ उसको नाम । उछिनेर ऊ आफैंले सुनायो, ‘केशव मल्ल हुँ म ।’ त्यसपछि अलिकति जोड दिएर बोल्यो, ‘ठकुरी । एकतीस सालमा जन्मिए पनि बिहे गरेको पाँच वर्ष भयो । पाँच वर्षपछि मात्रै छोरा जन्मियो ।’

‘विदेश किन गएनौ त ? दौंतरीहरू त उतै होलान् । पैसा टन्नै कमाउने थियौ नि,’ मेरो प्रश्नले उसलाई भड्कायो । तात्तिंदै जवाफ दियो उसले, ‘त्यस्ता अर्काको गुलामी गरेर पैसा कमाउनु छैन । गर्न सके यहीं कमाइन्छ पैसा । जो गए अब ती मेरा दौंतरी रहेनन् । विदेश-सिदेश कहीँ गइन्नँ । आफू त आमाकै दूधले पोसिएको मान्छे । बाबुको घुँडो चुसेर मोटाउनु छैन मलाई ।’

त्यसपछि उसले मतिर फर्किएर पनि हेरेन ।

म सोच्न थालें, यो पनि शहरको एउटा रंग हो । नखुइलिने ग्यारेन्टी भएको एउटा नेपाली रंग । खालिस नेपाली रंग । मेरा आँखाले ठम्याएको एउटा सत्य थियो यो । शहरको सत्य ।

सागर र शिखरको कथा

बेला यस्तो पनि थियो, महासमुद्रको आक्रामक र उत्तेजक छाल जस्तै उग्र वन्दथ्यो सागर । पानीको भित्री सतहबाट उठदै उठदै, मानिसले कल्पनागर्नै नसक्ने उचाईमा पुगेर, त्यो छाल वगरमा वज्रिन्थ्यो, र, चर्को घामले तातेको वगरमा एकहुल माछा हुत्याएर, फेरी पानीमा छलाङ माथ्र्यो । छाल फर्किएपछिका केही निमेष चारैतिर शान्ति छाउँथ्यो । केही भएकै छैन जस्तो । समुद्री चराहरु चिरविराउन थालेका मात्रै हुन्थे, सम्पूर्ण वेग सहित छाल फेरी फर्किन्थ्यो । बगरको तातो बालुवामा छटपटाइ रहेका हुन्थे माछाहरु । केही साना माछाहरु जसोतसो उफ्रिदै पानीमा पुगेपनि ठूला माछाहरुको छटपटी साह्रै दर्दनाक हुन्थ्यो ।

सागरको छाल महासमुद्रको गर्भदेखि नै मडारिएर उफ्रिंदा कहिले त्यसले सामान्य माछाहरु मात्र ल्याउँथ्यो, र, कहिले माछा वाहेक अरु जलचरहरु मात्रै होइन, समुद्रभित्रका वर्षौदेखि लेउ जमेका ढुंगा र त्यसमा टाँसिएका समुद्री बनस्पती समेत जरैदेखि उखेलेर ल्याउने गर्दथ्यो । कहिलेकहीं समुद्रभित्रका जलचर र वनस्पति वाहेक केही स्थूल बस्तुहरु पनि हुन्थे, जसको चमक वगरको परपरसम्म छरिएर चम्किइ रहेको हुन्थ्यो । नयाँ पुस्ताका माझीका लागि ती वस्तुहरु अदभूत थिए र पनि उनीहरुलाई त्यसले आकर्षित गर्दैनथ्यो । कतिको मनमा लाग्थ्यो होला, समुद्रको यो विशाल वगरमा यस्ता गुच्चाजस्ता ढुंगाहरु कति टल्किन्छन कति  अनुभवी माझीहरु भने जतनसाथ तिनलाई टिप्थे र खुशी हुँदै घर फर्किन्थे । कुनै एक रात आफनो वावुबाट रमैयाले त्यस्तो टल्किने वस्तु मोती हो भन्ने दिव्य ज्ञान पाएको थियो ।
सागरको छाल फर्किदा अक्सर आफूले वगरमा हुत्याएका जलचरहरुलाई उत्तिकै फूर्तिसाथ समेटेर महासमुद्रमा फर्काउने गर्दथ्यो । पछिल्लो पटक, छालले ती मध्ये धेरै जलचर समेटन सकेको थिएन । तातो वगरमा छटपटाईरहेका पानी विनाका माछाहरु टिप्न माझी र उनका केटाकेटीहरु हुर्दुराईरहेका थिए । यति भयंकरको छाल उठेको त कहिल्यै देखेको थिईन, माछा मार्दा–मार्दै अनुभवले चाउरिएको एउटा माझी भन्दै थियो । भय मिश्रित आश्चर्यले उसको आंखाको चमक धमिलिएको थियो ।
किनारामा फैलिएको विशाल वगरमा छरिएको घाममा टल्किने बालुवा र त्यसमा मिसिएका सुनौला कणको किरणतिर तानिथ्यो सागर । त्यतिवेला उसको आकृति यौवनको उन्मादले उन्मत्त भएको बेला सुन्दर किन्नरीलाई देखेर उत्तेजित भएको किन्नरको जस्तो देखिन्थ्यो ।
त्यसपछि विस्तारै, तर धारिलो बेगले, छाल वगर तिर फैलिन थाल्थ्यो । माछाको हुललाई समेटेर उ महासमुद्रमा फर्किन्थ्यो । उ फर्किन नपाउदै अर्को छाल फेरी त्यसरी नै, त्यतिकै आक्रामक र उत्तेजक बनेर, किनारको अर्कोतिर त्यत्तिकै वेगले छलाङ मार्दथ्यो । अघिल्लो मध्यान्ह देखि आधा रातसम्म महासमुद्र छालहरुको छलाङ मार्ने खेलमा व्यस्त रहन्थ्यो । विहानको घाम पारिलो नभएसम्म शान्त रहन्थ्यो समुद्र । थाकेर ओईलाएको इतिहास जस्तो । घाम जति जति चर्किदै जान्थ्यो, त्यति नै छटपटाउन थाल्थ्यो सागर । त्यसपछि उ विस्तारै स–साना लहरका रुपमा आफ्नो नियमित खेलको अभ्यास शुरु गथ्र्यो । विहानै ट्युववेलको तातो पानीले नुहाएर ँश्री हनुमान चालिसा” को कण्ठस्थ पारायण गर्दै लंगौटी कसेर कुश्तिको अखडामा जान तयार भएको पहलवानको शरीरमा उर्जाको संचार भएजस्तो सागरका लहरहरु अपरान्हसम्म शक्तिशाली भै सक्थे । लहरहरुको उर्जा हुन्थ्यो वेगले चल्न थालेको हावा । गतिसंगै हावाका सुसेलीहरु वरपरका वस्तीहरुलाई आतंकित तुल्याउने गरि चर्किन्थे । मझिनीहरु वगरमा खेल्न गएका आफ्ना छोरा र नाती–नातिनीलाई बोलाउन थाल्थे । जतिसुकै चर्को स्वरले कराएपनि मझेनीहरुको आवाज हावाको चर्को सुसेलीमा कतै हराउँथ्यो र, कराएको केही वेरपछि मात्र, कतै निकै पर, पृष्ठभूमिबाट आएको गुन्जनजस्तो सुनिन्थ्यो । परार साल आफ्नो माईलो छोरातिरको सातौं सन्तान अनमोललाई तिव्र गतिको हावाले घचेडेर छालमा फ्याँकि दिएदेखि रामनकी आमा विचलित थिई । छालमा लपेटिएको अनमोल समुद्रको गर्भमा पुग्दा नपुग्दै हिंस्रक जलचरहरुले उसको कपालसम्म पनि बांकी नराखी पूरै शरीर खाई सकेका थिए । त्यो सांझ मझिनी आमालाई माईली बुहारीले खाना खान वोलाएकी थिई । आमाले मन पराउँछिन भनेर माईलो छोराले बजारमा सबभन्दा चर्को भाउमा विक्ने जलकपुर माछा विहानै ल्याई दिएको थियो । मझिनी आमा माईलो छोराको घरमा पुग्दा हावाको चर्को सुसेली सुस्ताउन थालिसकेको थियो । उसका चारजना नाती र दुई नातिनी आंगनमा वालुवाका कणहरुबाट सुन विन्ने खेल खेल्दै थिए । त्यहाँ अनमोल एकजना मात्रै थिएन । मझिनी आमा अनमोलको सम्झनाले सुर्ताउन थालेकी थिइ । मनमा कुरा खेली रहेको थियो – कुनै न कुनै अनिष्ट पक्कै भएको छ । नभए त, त्यो केटो अहिले सम्म घर फर्किई सकेको हुन्थ्यो ।
संघारको छेउमा टुक्रुक्क बसेर सुर्ताउदा सुर्ताउदै उसको माईलो छोरो जाल काँधमा राखेर हातमा वल्छी र कम्मरमा पेटारो हल्लाउदै र हल्लिदै घर आईपुगेको थियो । मझिनी आमा उ संगै घरभित्र पसेकी थिइ । बाबु घर फर्केको देखेपछि आंगनमा खेली रहेका केटाकेटी घरभित्र पसेर बाबुको पेटारो खोतल्न थालेका थिए । खानेवेला मझिनी आमाले अनमोल अबेरसम्म पनि घर नफर्किएको पिरलो पोखेकी थिई । छोरा बुहारीले उसका कुरामा खासै चासो नलिएपछि बुढी निकै गनगनगर्न थालेकी थिई । पछि माईलो सहज हिसावले बोलेको थियो, आईहाल्छ नि । कतै अल्झिएको होला । माझीको छोरो, पानीबाट जोगिन त जानेकै छ । देवतालाई मन परेको भए उतै गर्भतिर तानेका होलान । माइलोको वोलीमा लेसमात्र पनि विषाद थिएन । त्यो वाक्य त्रूmर थियो । कर्कश ।
उनीहरु चुल्होलाई गोल घेरेर खान बसेका थिए । मझिनी बुढीले माछाको टुक्रो मुखमा हाल्दै भनेकी थिइ – मीठो छ । माईलीको त हातमा नै स्वादको मिठास वसेकोछ । सुनेर माईली बुहारी गमक्क गम्किएकी थिई । मझिनी बुढीले टाउको उठाएर उसको अनुहारको चमक हेर्न जरुरी ठानेकी थिइन । एकछिनसम्म सबै खान व्यस्त भएका थिए । सबैको थाल रित्तिएपछि खाना थप्दै माईली बुहारीले, अलिकति लाज मान्दै, अचानक नै, आफु आठौं सन्तानकी आमा हुन लागेको सुनाएकी थिई । सुनेर माईलो पुलकित भएको थियो भने छोराको खुशीमा साथ दिदैं मझिनी बुढी बोलेकी थिई, छोरै पाएस, यो पटक पनि । त्यसपछि फेरी मझिनी बुढीको ध्यान अनमोलतिर तानिएको थियो । कहां गयो होला केटो ? उसले आवाज निकालिन । मनमनै सोची, अनिष्ट भै सक्यो ।
हो त, मझिनी वुढीले अनुमान गरे जस्तै अनिष्ट भै सकेको थियो । छाल खेल्दा खेल्दा सागर शिथिल भै सकेको थियो ।
सागर जतिसुकै आक्रामक भएपनि वरपरका वस्तीहरुमा वस्ने मानिसको जीवनमा अलिकति पनि असर पारेको थिएन । कतिसम्म भने, माझीहरु कहिलेकहीं नदीमा आएका प्रलयकारी वाढीका वारेमा सुन्दथे । सयौं जीवित वस्तीहरु डुवाउँदै र वगाउँदै आउने त्यस्ता नदीहरुको अस्तित्व समुद्रसंग जोडिने वित्तिकै लोप हुन्थ्यो । समुद्रको छेउमा वस्ने माझीहरुको जीवनमा वाढीको कुनै अस्तित्व नै थिएन । उनीहरु जान्दथे भने मात्र छाल जान्दथे । छाल नै थियो उनीहरुको जीवनको आधार । समुद्र छेउका माछा जालमा पर्न मान्दै मान्दैनथे । सरकारी मान्छेहरु समुद्र घेरेर वसेका थिए । समुद्रमा डुंगा चलाएर माछामार्न सरकारले निषेध गरेपछि सतहवाट माछा सोहोरेर वगरमा फाल्ने छालहरु नै त थिए किनाराका माझीको जीवनको आधार ।
समान्तर कलकत्ताको कुनै जहाज कम्पनीको गार्ड क्वार्टरमा जवानहुँदै गरेको सागरको मन–मष्तिकमा कतै पनि समुद्रसंग नजोेडिएको देशका मान्छेले भोग्ने गरेको तनाव थिएन । प्रल्हाद माड्सावको होमवर्क नवुझाए वापत सजाय सहँदै उसले पासमार्क मात्रै ल्यायो । तर, प्रल्हाद माड्सावको – आँखाको दृष्टि सीमाभित्र आकाश जति समेटिन्छ समुद्र पनि त्यति नै समेटिन्छ – भनाइले भूगोलमा भन्दा पनि समुद्रमा सागरको चाख वढायो । मृत सागरदेखि प्रशान्त महासागरसम्म समुद्र जोडिएको थियो । त्यहाँ कतै विभाजन थिएन ।
त्यसपछि यस्तो समय आयो जव सागरका वावु स्टीमर दुर्घटनामा समुद्रको भित्री तहमा गाडिए । आमा कलकत्ताको धूलो र तुवाँलो जस्तो देखिने धूवाँमा हराइ सकेकी थिइन । सागर पहाडतिर फर्कियो र पढन थाल्यो ।
उसको सम्झना टडकालो थियो । प्रल्हाद माड्सावले भूगोल पढाउनु हुन्थ्यो स्कूलमा । यो पढनैपर्ने अनिवार्य विषय थियो । लद्दू विद्यार्थीहरुको यो समूहमा धेरै यस्ता थिए जसलाई नियमित रुपमा नै क्लासरुमकोे वेन्चमा उभिएर सजायँ भोगी रहेको देख्न सकिन्थ्यो । क्यामरा साह«ै महंगो, फेसबुकको त कल्पनै गरिएको थिएन । आज भएको भए त रेकर्ड नै विग्रिने थियो । प्रल्हाद माड्सावले सागर र महासागरको भेद वताउनु भएको थियो । अर्थात सागरहरु जहाँ पानीको अथाह अनन्तमा मिसिन्छन त्यहीवाट शुरु हुन्छ महासागरको सीमा ।
लद्दूहरु इतिहासमा पोख्त हुन्थे ।
इतिहास भनेर पढेका धेरै कुरा त कथा पो रहेछन । वास्तवमा भूगोलभन्दा धेरै कठिन रहेछ मानिस, समाज र देशको इतिहास । विद्यार्थीहरु इतिहासलाई कण्ठस्थपार्ने अभियानमा लाग्थे । राजाको टाउकोमाथि सुनौलो जलप लगाएर राखिएको पित्तलको चरा उड्यो कि उडेन ? त्यो नउडेसम्म राजाको मृत्यु हुनेछैन । राजाको टाउकोमा चरा राखेदेखि अहिलेसम्म धेरैपटक धर्तीको जरा हल्लाएर भूकम्पहरु गइसके । राजा र उसका रानी–महारानीहरु, उसका पध्दति र मन्त्रीहरु, उसका भारदारहरु, उसका धाई–सुसारेहरु सवै लाखापाखा लागी सके । तै पनि चरो उडेको छैन । कहिले उडछ ? मानिसको जिज्ञासाको अन्त्य आजसम्म भएको छैन । अप्रतीम सौन्दर्य वोकेको पहाडको रहस्य नै यही हो – पहाडले घाम र जूनमात्रै छेक्दैन, हावा र वतासमात्रै नियन्त्रित गर्दैन, मानिसका आँखा कहिल्यै लोलाउन र थाक्न पनि दिंदैन । पहाडले घेरिएको देशको धेरैजसो ठाउँमा उज्यालोेको प्रवेश ढिलै हुन्छ । त्यसैले होला, पहाडको सार्वभौम अधिकार रहेको यो देशमा विज्ञानले संसारमाथि दिग्विजय गरेको पत्तो लगाउने कोलम्वस कोही देखा परेन ।
कलेजमा गुणराज सरको क्लासलिन थालेपछि मात्र विद्यार्थीहरुले थाह पाए, इतिहास घोक्ने होइन वुझने विषय रहेछ । त्यतिवेलासम्म धेरै अवेर भै सकेको थियो । इतिहास घोकेकै भरमा समकालीन साथीहरुको एउटा ठूलो समूहले लोकसेवा पास गरेर विभिन्न सरकारी कार्यालयमा पोष्टिंग लिइ सकेको थियो । इतिहासको नाममा कण्ठस्थ पारिएको इतिहासकोे प्रत्येक वाक्यमा वाहुवली शासकले मानिस र जनावरको शिकार गरेका कथाको वेलीविस्तार लगाइएको हुन्थ्यो । सागर आफैं इतिहास पढाउने सर भै सकेपछि उसको आँखामा गोलीको शिकार वनेको निरपराध वाघको निर्जिव शरीरसंगै वन्दूक वोकेर उभिएको शासकको तस्वीर घुमी रहन्थ्यो । इतिहासको नाममा लेखिएका शिकार कथाको वढदो वर्चस्व नै देशको प्रशासनिक पध्दतिको नियति वनेको छ भन्न पाइन्छ कि पाईंदैन ? सागरलाई थाह छैन ।
यो समय पनि आयो, सागर अहिले वाँचेको समय । पहाडहरुको घेरावन्दीमा वस्दा वस्दा उक्ताउन थालेको छ सागर । मनका उद्वेलनहरु छालमा परिणत भएर एकप्रकारको साम्राज्य नै चलाएकाछन । छाल ठोकिने वगर छैन कतैै पनि । काल र तिथीलाई सँधै पन्चकको दोषले छोएकोछ । इतिहासका विग्रह र विकृतिहरुलाई काँधमा वोकेर देश उकालोतिर होइन, निरन्तर ओरालोतिर लागेको छ । पहाड हो, एउटा ओरालो सकिने वित्तिकै भन्ज्यांग आउँछ र त्यसपछि फेरी अर्को ओरालो शुरु हुन्छ । अल्वेयर क्यामुको सिसिफस ढुंगो वोकेर पहाड उक्लिने प्रयत्न गर्दथ्यो । ढुंगो काँधवाट झरेर फेदीमा पुग्थ्यो । उ ढुंगो काँधमा वोकेर आँखाले शिखरको लक्ष्य ताक्थ्यो । पहाडवाट ओर्लिइ रहेका सिसिफसहरुको काँधमा पनि ढुंगो छ । यिनीहरु र क्यामुको सिसिफसका वीच यति मात्रै फरक छ, सिसिफस शिखर जित्ने अभिलाषा राख्दथ्यो भने यिनीहरु शिखरलाई द्रवित आँखाले फर्की फर्की हेर्छन मात्र ।
सागरले कहिले पनि शिखर र सागरको तुलना गर्नै चाहेन । भूगोलले गहिराईमा सागरको सत्य स्थापित गरेकोछ भने उँचाईमा शिखरको । मसानमा एउटा लाश जली रहेकोछ । व्राम्हणहरु हातले कुशको मान्छे वनाएर आगोमा होमी रहेका छन । पन्चक, हो त पन्चकका वेला मरेर मृतकले परिवारका लागि ठूलै विपत्ति निम्त्याएको छ । पन्चक र यम पन्चकको छूतले पूरै समाज ग्रस्त छ । छाउपडीका वेला घर र परिवारवाट पन्छिएर वसेका आइमाइको पन्चकको छूत लागेका वेला मृत्यु भइदियो भने के होला ?
कि लोकतन्त्रको जन्मलाई पनि यम पन्चकको दोषले छोएको छ ? कतै लोकतन्त्र नै अपांग जन्मिएको त छैन ? नत्रभने किन त इतिहास वुझन खोज्नेहरु निरन्तर भट्टीको संघारमा उभिएर समयलाई अगाडी धकेल्ने निष्फल चेष्टा गर्दैछन ? किन मानिस परिवर्तनका आनन्दबाट वन्चित छ ?
चिन्ता र दुष्चिन्ताबाट मुक्त हुन खोज्दैछ सागर । एकपटक फेरी छालहरुसंग लुटपुटिएर आफूलाई पुनर्जीवन दिने प्रयत्न हो यो । मानिस न छालहरुवाट उम्किन सक्छ, न शिखरवाट भाग्न सक्छ ।

अंगुरको सिजन सुरु

सुयशको जीवनमा मायाको घाम लाग्न लाग्न खोज्थ्यो, अनि कालो वादल आएर ढपक्क छोपी हाल्दथ्यो। पर्सोन्यालिटी त उसको पनि छ्या भन्ने खालको थिएन। रामेश जस्तो हंकी नभएपनि औसत केटाहरु भन्दा अलिमाथि नै थियो उ। एटिच्यूड प्रोव्लेम भने खूव थियो उसमा। साथीभाइसंग हिंडदा वढी नै पोज मार्ने वानी थियो उसको। कानमा इयरफोन छुटदैनथ्यो। गीतको शोखिन थियो उ। पुराना हिन्दी गीतमा निकै रमाउथ्यो। महिनै पिच्छे मोवाइल फेर्ने शोख थियो उसको। कान्तिपुर शहरमा भर्खर भर्खर व्लूटूथ आएको वेला उसले पनि त्यो यन्त्र कानमा लगाएको थियो। अमेरिकावाट देश घुम्न आएका उसका काकाले के भिरेको त्यो कानमा? अमेरिकामा त लेवर कामगर्नेले मात्रै भिर्छन यस्तो त! भनेपछि उसले कानवाट व्लूटूथ झिकेर थन्क्याइ दिएको थियो।

सुयशले मन पराएका केटीहरुमा किमिला पहिली थिइन। अघिल्लो न्यू इयर्स इभसम्म उ हेलेनाको पछि लागेको थियो। हेलेना फास्ट थिई – स्टडीमा पनि र लाइफ स्टाइलमा पनि। सुयशभन्दा अलि म्याचोर्ड देखिन्थी उ। उमेरकै हिसावले त उ छिप्पिइ सकेकी थिइ। उसको यौवनलाई धानेको थियो मेकअपले। हेलेनालाई रिझाउन सुयशले निकै मेहनत गरेको थियो। उसका लागि ड्रेसअपदेखि कस्मेटिक्ससम्म सुयशले नै धानेको थियो। उनीहरु संगै रेष्टुरा जान्थे र भोडका तान्ने गर्दथे। भोडका चढन थालेपछि हेलेना सुयशको कपाल सुम्सुम्याउथी र भन्थी – ओहो माइ ह्याण्डसम लभ्ली क्याट! ओहो माइ वेवी! यत्तिमै मख्ख पर्थ्यो सुयश। एक साझ भोडका पिउदैगर्दा यस्तो भयो कि हेलेनाले सुयशसंग आउटिंगको प्रस्ताव राखी। सुयश दंग पर्यो। उनीहरु साझ झमक्क परेपछि वाइकमा लागे धुलिखेलतिर। शहरमा मापसे आतंक फैलिएको थिएन। दिन पातलिदै थियो। सुयशको अनुहार हेलमेट लुकेको थियो भने हेलेनाले स्कार्फलाई मास्क वनाएकी थिइ। पहिचानको खतरावाट उनीहरु मुक्त थिए।
यो आउटिंगपछि सुयश र हेलेनाको दोस्ती अचानक नै पातलियो। हेलेना टाढिन थाली सुयशसंग। सुयश आफैपनि तर्किन थाल्यो हेलेनासंग। जाडोछल्न सुयशका मम्मी–पापा मधेश झरेपछि उ मालतीतिर तानियो। मालती सुयशको घरमा थिइ वितेका तीन वर्षदेखि। घरमा उसको हैसियत डोमेस्टिक हेल्परको भन्दा माथि र सुयशको भन्दा तल थियो। हेलेना जस्तै मालती पनि अलिकति म्याचोर्ड देखिन्थी। मम्मी–पापा हिडेको दोस्रो दिन साझ सुयशले मालतीसंग आखा जुधाउदै भन्यो, चम्पी गर्देउ न। मालती मख्ख परी। उसले सुयशको कोठावाट हेयर आयल लिएर आइ र उसको तालुमा तेल ठोक्न थाली। सुयशको पूरै शरीर सेन्सेटाइज भयो। मालतीले पनि रमाइलो अनुभव गरेकी थिइ।
सुयशको यो सम्वन्धपनि तीन चार दिनमा नै पातलियो। अकस्मात नै मालती उसंग तर्किन थाली। विन्टर भ्याकेसन शुरु भएपछि मालती घरतिर लागी र सुयश पनि मधेशतिर लाग्यो। कलेज खुलेपछि फर्केको सुयशले धेरै कुरा वदलिएको पायो। उसको वेस्ट फ्रेण्ड निरुप र सुमनले कलेज छाडेका थिए। हेलेना फूड टेक्नोलजी पढन स्कलरशीप पाएर फिलिपिन्सतिर लागेकी थिइ। नया भर्नामा आएका कोही पनि त्यति फास्ट–फरवार्ड थिएनन। सुयश निकै डल फील गरिरहेको थियो।
सुयशको मन किमिलामा वसेपनि किमिलाको आखामा कतै चढेको थिएन सुयश। लाइफ स्टाइलका कारणले मात्रै हैन विचारले पनि उदार थिइ किमिला। सुयश धन–पैसाले सवै कुरा प्राप्तगर्न सकिन्छ भन्ने सोच्दथ्यो। यो हल्का–फुल्का जमानामा पनि घाटीमा सुनको मोटो सिक्री, हातमा सुुनको व्रासलेट, आखामा पोलो गग्स – सुयशको व्यक्तित्व भद्दा देखिन्थ्यो। उ भने यसैलाई सौन्दर्य ठान्दथ्यो। उसको पुर्ख्यौली त्यति सम्पन्न होइन। मधेशमा चार–पाच विगाह जग्गाहुदैमा मानिस सम्पन्न पनि त हुदैन। वास्तवमा सुयश नव धनाढ्य परिवारको प्रतिनिधि पात्र थियो। उसको पापा जिल्लामा सानोतिनो ठेकदारीको काम गर्दागर्दै ठूला ठेकदार वनेका थिए। पैसा कमाएपछि मान्छेमा अहंकार त चढने नै भो!
सवैसंग वोल्ने, खाने, रमाइलोगर्ने चुलवुले स्वभावकी किमिलाले सुयशसंग चिनजान भएकै दिन मुख वटारेकी थिइ। सुयशको घाँटीमा लर्केको सुनको मोटो सिक्री देख्ने वित्तिकै उसको पारा चढेको थियो। साझ क्याफेमा साथीहरुसंग उसले सुयशको सिक्रीलाई जोक वनाउदै भनेकी थिइ, सुनको दाम्लोले वाँध्दैमा भैंसी कहिले मान्छे हुने हो र? सुयशलाई साँच्चिकै जोक वनाउने विचार गरेर किमिलाको ग्रुपले भोलिपल्ट सुयशलाई क्याफेमा वोलायो। सुयश मख्खपर्दै क्याफे पुग्यो। मेचमा राम्रोसंग वस्न सम्म पनि नवसी निकै वडप्पन देखाउँदै उसले अनाउन्स गर्यो, आज मेरो टि्रट।
केटीहरुले उसको वडप्पन मन पराएनन। इशारा इशारामै कुरा भयो उनीहरुका वीच। केटीहरुले विभिन्न खानेकुराको अर्डर गरे। सवै खाइ सक्ने कुरै थिएन। त्यसपछि कफीको पालो आयो। केटीहरुले कोल्ड क्यापचिनो मगाए, सुयशले एस्प्रेसो। वेटरले उसको अगाडी सानो कपमा एक घुटको कफी ल्याएर राखिदियो। उसले त्यो कफी पिउन मात्रै के पिएको थियो तीतो न तीतो स्वादले रन्थनियो। सधै रामचाको चिया पसलमा मेसिनले गरर्र पारेको दूधिलो र गुलियो इन्स्ट्यान्ट एक्सप्रेसो कफी पिइ रहेको केटोले के धान्न सक्थ्यो एस्सप्रेसो! सुयशले मुख विगारेको देखेर केटीहरु खित्का छाडेर हाँस्न थाले। आठहजार रुपैयाको वील तिरेर आफू दोहोरो वेवकूफ वनेको उसले वुझनै सकेन।
किमिलाको इन्ट्रेस्ट आफूमा नभएको सुयशले वुझनै सकेको थिएन। प्रायःजसो उ किमिलालाई टि्रट दिन्थ्यो। किमिला पनि फोेगटको खाना छाडदैनथी। रामेश र किमिलाका वीचको प्रेम भाव देखेपछि उसको मनमा चीसो पसेको थियो। उसले आफनो भाग्यमा गर्लफ्रेण्ड नै नभएको सोच्न थालेको थियो।

कति राम्री गरिमा !

रेष्टुरामा साथीहरुसंग रमाइ रहेको रामेश अचानक ठूलो स्वरमा एउटा पुरानो हिन्दी गीत गाउन थाल्यो – क्या हुआ, तेरा वादा! उसको गायन सुनेर साथीहरु रमाएनन। गीतको नाममा कहिल्यै ग सम्म पनि उच्चारण नगर्ने रामेश आज एकाएक किन गाउन थाल्यो? के भयो उसलाई? कतै रक्सी लागेको त होइन?

साथीहरु के गर्ने कसो गर्ने टुंगोमा पुग्न नसकेको वेला रामेशको कुममा हात राख्दै किमिलाले विस्तारै सोधी – के भयो रमी?

किमिलाको मायालु स्वर सुनेर रामेश खुशी भयो। आफनो अनुहारमा एक थोपा पनि खुशी आउन नदिइ उसले रुन्चे स्वरमा विलौना गर्यो – आज लोकतन्त्र डे हैन? लोकतन्त्र भएपछि हामी सवै स्वतन्त्र हुन्छौं भनेको होइन? तर, खोइ कहा छ यहा लोकतन्त्र? यहावाट निस्केपछि मापसे चेकिंग हुन्छ। त्यहावाट उम्किन सके घरमा हुने अर्को मापसे चेकिंगवाट जोगिनु पर्दछ। यही हो त लोकतन्त्र? लोकतन्त्रमा सवैको अधिकार समान हुन्छ, मान्छेले आफनो इच्छा अनुसारको जिन्दगी भोग्न पाउछ भनेर सरले पढाएको होइन? खोइ त हाम्रो खान पिउन लाउन र रमाइलोगर्न पाउने मौलिक अधिकार? हिंड साथी हो, लोकतन्त्रको नाममा झूठो कुरा पढाउने त्यो सरलाई हामी सवैले एक एक किक दिउ र झोंकतन्त्र मनाउ।
रामेशको कुरा सुनेर सवै गललल्ल हासे। एउटा सुयश मात्रै हासेन। उसको अनुहार आवश्यकता भन्दा वढी नै गम्भीर थियो। उ मनमनै सोची रहेको थियो – यो मोरो पागल रुदा किमिलाको टाउको किन दुखेको? के छ यिनीहरुको वीचमा?
सुयश किमिलालाई लभ गर्दथ्यो। लभ र फ्रेण्डशिप संगसंगै चल्ने यो जमानामा किमिला उसलाई लभ गर्थी कि गर्दैनथी? थाह पाउन सकेको थिएन सुयशले। किमिला आफू वाहेक अरु कसैसंग पनि वोली भने उसको पारो चढथ्यो। अहिले पनि भएको त्यही थियो – त्यो साला रामेशलाई रमी रे! सुयश मनमनै उत्तेजित भै रहेको थियो।
सुयशको मनमा चलेको आधी वेहरीका वारे कसैलाई थाह थिएन। मनमनै गुम्सिने मान्छेको मनको कुरा कसरी थाह पाउनु? सुयश सोच्न थाल्यो – अव फेसबुक अकाउण्टमा स्टाटस अपडेट गर्दछु – आइ लभ यू किमी, आइ लभ यू सो मच। वी काइण्ड टू मी। उसले मोवाइलमा नेटवर्क खोज्न थाल्यो। वासापस पासवर्ड टाइप गर्यो। नेट कनेक्ट भएन। जंकीहरुले खानाको भन्दा नेटको खोजी वढी गर्न थालेपछि साहूजीले पासवर्ड चेन्ज गरि दिएको थियो। नया पासवर्ड उसकी छोरी सुकुमायाले आफनो सम्झनामा मात्रै राखेकी थिइ र सुकुमाया यतिवेला अर्को टेवलमा वासा सर्भ गर्दै थिइ।
एकछिन अघिसम्म रुन्चे स्वरमा आलाप विलाप गरी रहेको रामेश साथीहरुलाई लोकतन्त्रको परिभाषा सुनाउदै थियो : हलिउडमा जति लोकतन्त्र वलिउडमा छैन। कलिउडको त कुरै नगर साथी हो। यहाको सेन्सर त वलिउडको भन्दा खतराको छ। हलिउडमा मात्रै हो, सेन्सर पनि छैन, टेन्सन पनि छैन।
रामेशको भाषण एकदमै ठीक लागी रहेको थियो किमिलालाई। उसको घरमा पनि लोकतन्त्र नाम मात्रैको थियो। कपडाका मामिलामा उ माथि सेन्सर शुरु भएको थियो ड्याडी ममीको। किमिलाले भोड्का र चुरोट तान्ने गरेको शंकामा उसको पकेट मनी पनि काटिएको थियो। उसको चालामाला वढी नै लोकतान्त्रिक भएकोमा ड्याडी ममी चिन्तित थिए। वेला वेलामा उनीहरु आफना पालाका कुरा सम्भि्कन्थे र रमाउथे। किमिलाका ड्याडी ममीले पनि लभ गरेका थिए। त्यतिवेला गुपचूप प्रेमपत्र ओहोर दोहोर गर्नु वाहेक अतिरिक्त गतिविधिमा लाग्ने त चान्स नै थिएन…

जीकज्याक जवानी

कहाँ यस्तो थियो र यो वस्ती? डा“डाको कुनैपनि कुनावाट देखिने जंगलमा फूलेका लाली गुरा“शका निख्खर राता फूलहरु नै छोपिने गरी ढलान भै सकेछ शहरको। सिमेन्टका घरहरुले भरिइ सकेछ पूरै वस्ती। अस्थायी कटेरा र गुम्तीहरुले शहरलाई ढपक्कै ढाकी सकेछ। यो शहरको सौन्दर्य नै वरपरका जंगलहुन। जंगल– न सारै घना, न सारै छिमलिएका। मनलाई मन्द हावामा हेलेर चराहरुको चीरवीरमा जंगलतिर एकोहोरिएको शहरको आँखा नै छोपिएपछि वा“की के रहन्छ र?

के भन्ठाने होलान ती वूढा विदेशी प्रोफेसरले। मैले यो वस्तीका वारेमा जे वताएको थिए“ त्यस्तो केही पनि वा“की थिएन त्यहा“। लाली गुरा“स समेत वाह्रैमहिना फुल्ने होइन रहेछ। त्यसको पनि सिजन हुन्छ रे। शहर भनेको पनि आखिर सिजन नै त हो। वजारले अचम्मको विस्तार लिएको थियो। जलेवी वाईको आइटम नृत्यदेखि तीसरी कसम को “पान खायो सैंया“ हमारो” सम्म। गाउँमा पढाउँदै पढाउँदै वीस वर्ष विताएर शहरिया जीवनको सुख भोग्न आएका पनेरु सरको आँखाको पर्दावाट पन्ध्र सोह्र वर्षको उमेरमा वरेली जा“दा हेरेको वाइस्कोप तीसरी कसमको त्यो नाच अहिलेसम्म उत्रिएको छैन। “अहिलेका ठिटा–ठिटीले के जानेका छन र? तिघ्रो र जांघिया देखाउँदैमा कहाँको सेक्सी हुन्छ?” पनेरु सर अलिकति लजाउँछन। उनको आँखामा तीसरी कसमकी वहीदा रहमानको तस्वीर टल्किन थाल्दछ। कानमा पक्कै पनि तीसरी कसमकै गीत गुन्जिएको हुनुपर्दछ, पान खायो सैंया हमारो, होंठ लाल लाल, मखमलकी कुर्ते पे छिंट लाल लाल।

रायना र च्याम्सी

डडेलधुरावाट हुइकिएको रायनाको गाडी अत्तरियासम्म कतै नरोकिइ आइपुग्दा विहानको नौ मात्रै वजेको थियो। अत्तरियामा चालकले गाडी रोक्यो। ओर्लिएर दगुर्दै छेउको झाडीले छेकियो। टोयलेट जान त रायनालाई पनि मन लागेको थियो। तर कतै थिएन सेफ पोइन्ट। चालकले रायनाको मनको कुरा वुझ्यो। उसले गाडी अलिकति परको पुलिस स्टेशनमा लगेर रोक्यो। असइ साव वाहिरै थिए। उनले रायनालाई कार्यालयभित्रको टोयलेट प्रयोगगर्ने अनुमति दिए। त्यसपछि गाडी कहीं रोकिएन। चिसापानी पुग्दा साढे दश मात्र वजेको थियो। रायनाले त्यही लन्च खाइ। फिस करी र राइस।

आछामवाट सकुशल नेपालगन्जको सिध्दार्थ भ्यू पुगेपछि मात्रै वल्ल रायनालाई थकाइ लागेको फिल भयो। थकाइ पनि अद्भूत खालको। भारी वोकेर थाकिने थकाइ भन्दा वेग्लै। वरुणसंगको शारीरिक चलखेलपछि आनन्दले थाकेको उसको तन–मन जसरी शिथिल भएको थियो त्यो फिलिङ वाकी थियो उसको मनमा। कोठामा पुगेर उसले आफूलाई ऐनामा हेरी। अलिकति डार्क कम्प्लेक्सन थपिएछ उसको शरीरमा। उ दंग परी। शरीर त एकदम ताजा भएको थियो, प्रसस्त उर्जाले भरिएको।
रायना अर्को कारणले पनि खुशी थिइ। शहरका केटीहरु दुःखगर्न सक्दैनन भन्ने मिथलाई उसले तोडेकी थिइ। शरीरको ह•ी हल्लाउने बाटोमा त्रू्कज गरेर उ आछाम पुगेकी थिइ। केटाहरु भै दिएको भए सत्र पटक ऐया र आत्थु गर्थे होलान। राम्रो खान नपाएको कथा सुनाउथे होलान। रायनाले त यसलाई स्वाभाविक रुपमा लिएकी थिइ।
यो पूरै साता उसले अखवार पढन पाएकी थिइन। सिध्दार्थ भ्यूको लवीमा अखवारको चांग देख्नासाथ एकैपटक तीनचारवटा अखवार वटुलेकी थिइ उसले। सोफामा वसेर उ पढन थाली। उसको आखामा परेको पहिलो समाचार थियो चपली हाइट सिनेमाको सफलता। उसले चाख मानेर त्यो समाचार पढी र खुशीले उफ्रिदै कराई – यू डीड इट च्याम्सी, इनडीड। यू डीड इट। आइ एम प्राउड अफ यू। रायना आफनी साथी विनितालाई च्याम्सी भन्थी। तीन वर्ष अघि एउटा पार्टीमा भेट भएदेखि उनीहरु साथी वनेका थिए। रायनालाई विनिता तकिलाको एकै शटमा मन परेकी थिइ। विनिताले पनि उसको नाम राखेकी थिइ ढाके। रमाइलो कुरा, न रायनालाई च्याम्सीको अर्थ थाह थियो, न विनितालाई ढाकेको।
कान्तिपुरसंग हवाइ मार्गबाट एक घण्टा पन्ध्र मिनेट पश्चिमको शहर नेपालगन्जमा वसेर विनिताको सफलतामा गम्किएकी थिइ रायना। उसले विनितालाई कल गरी। जवाफ आयो– तपाईंले सम्पर्क गर्न खोज्नु भएको नम्वर अहिले व्यस्त छ। रायनाले प्रयास छाडिन। च्याम्सीको मोवाइल व्यस्त हुनु अस्वाभाविक थिएन। सातौं प्रयासमा च्याम्सी रायनाको मोवाइलको रेन्जमा थिइ। दुवै खुशी भए र साझ तकिलाको शटमा भेटने वाचा गरे।
रायनाका वैंकका दुवै सहयोगी सीमावर्ती भारतीय वजार रुपैडिहा गएका थिए शपिंगका लागि। जाने इच्छा थियो रायनाको पनि। उ वैंकर्सको जुन पेशामा थिइ त्यसका लागि सीमावर्ती वजारको गतिविधि जानी राख्नु उपयोगी हुन्थ्यो। रुपैडिहा नेपालीहरुको पनि कमोडिटी मार्केट थियो। वजार अर्थतन्त्रले राजनीतिक सीमाना जानेको हुदैन। रायना फ्रेस भइ। त्यसपछि कुर्ता सुरुवालमा सजिएर रुपैडिहातिर हिंडी।
धम्वोजी चोक पुगेपछि उसलाई सुर्खेत, दैलेख, आछाम घुमाउने चालकले डराइ डराइ सोध्यो, म्याडमले नेपालगन्ज वजार पनि घुमी वक्सिएको छ?
रायनाले जवाफ दिइ, छैन। रुपैडिहावाट फर्किएपछि चक्कर लगाउला। हुन्न?
रायनाको रेस्पोन्स पाएर चालक गदगद भयो। एकैछिनमा उसले अव्यवस्थित ट्राफिक छिचल्दै रायनालाई रुपैडिहा वजार पुर्यायो।
वजार देखेर छक्क परी रायना। सीमानाको यो सानो वजार एउटा ठूलो डिपार्टमेन्टल स्टोरभन्दा कम थिएन। मल्टिनेशनल व्राण्डका प्राय सवै लोकप्रिय सामान उपलव्ध थियो त्यहा –डेनिमदेखि एरोसम्म। रिवोकदेखि रेभलनसम्म। सवै सामानमा वारण्टी थियो। मोवाइलको त भीड नै लागेको थियो। स्यामसङ ग्यालेक्सीदेखि व्ल्याकवेरी गोल्डसम्म।
रुपैडिहा र नेपालगन्जको चक्कर लगाएर फर्किदा पुष्पलाल चोकमा उसले एउटा पोष्टरदेखि चपली हाइटको। च्याम्सी आफनो दोहोरो आंग देखाएर खूव खुलेकी थिइ पोष्टरमा। कान्तिपुर पुग्ने वित्तिकै च्याम्सीसंग तकिलाको शट लगाएर चपलीहेर्न हतारिएकी थिइ रायना। उसले सोची, आज त पक्कै भ्याउदैन। साढे पाचको फ्लाइट, कान्तिपुरमा समयमा नै ल्याण्ड गरेपनि एयरपोर्टवाट निस्किदा सात त वजी हाल्दछ।
उ होटेल पुग्दा साढे तीन मात्रै वजेको थियो। उसका साथीहरु अझै आइ पुगेका थिएनन। उ कोठामा पुगी र पल्टिइ। पल्टिने वित्तिकै उसका आखा लोलाउन थाले। उ भुसुक्कै निंदाइ। कोठामा वजेको टेलिफोनको घण्टीले उ व्यूझिइ। होटेलको काउण्टरमा वसेकी शर्मीली मैयाले सुरिलो स्वरमा रायनालाई जानकारी दिइ– म्याम आज फ्लाइट क्यान्सिल भएको छ रे। सरहरु तपाईलाई पर्खिरहनु भएको छ गार्डेनमा।
उफ् रायना उदास भइ। त्यति नै वेला उसको मोवाइल वज्यो। क्याप्टेन दिनेश थियो लाइनमा। भन्दै थियो, तिम्रो सवारी चलाउन मैं आउन लागेको थिए। जहाज नै टेक्निकलमा पर्यो। अव भोलि विहान पनि मैं लिन आउला। हुन्न?

क्याप्टेनको कुरा सुनेर रायना हासी र भनी, भोलि यहा आएपछि पनि तिम्रो जहाज टेक्निकलमा परयो भने के गर्ने नि?
क्याप्टेनले जवाफ दियो, टेक्निकलमा पार्नै पर्ला जस्तो छ। तिमीसंग लखनउ घुम्न जाने र टुण्डेको कवाव खाने रहर अडकिएर वसेको छ मनमा। एकपटक तिमीलाई लखनउको भुलभुलैयामा छाडेर खोज्न पर्ला जस्तो लागेको छ। एनि वे, हाउ वाज योर आछाम?
आछाम शव्द सुन्ने वित्तिकै पुल्किइ रायना। उसले जवाफ दिइ, इट वाज ग्रेट। फन्टास्टिक। वियोण्ड इम्याजिनेशन।

नया सम्वत

एउटा नया वर्ष मनाउदाको थकाइ मेटिएको छैन, अर्को नया वर्ष मनाउने चटारो परिसक्यो। कति मनाउनु नया वर्ष? इस्वी सम्वत, शाके सम्वत, शेर्पा सम्वत, तमु सम्वत, नेवा सम्वत, अवधी सम्वत, भोजपुरी सम्वत, मिथिला सम्वत, कोचिला सम्वत, धिमाल सम्वत, चेपाङ सम्वत – नाम लिएर साध्यै छैन। सवैको घर घरमा आ–आफनै पात्रो छ। आ–आफनै तीर्थवर्त छन। भनेपछि, सवैको घरवाट एउटा एउटा सम्वत शुरुहुनु स्वाभाविकै भएको छ। सम्वत त कति कति। र, यी सवैको प्रारम्भमा मनाइने विक्रम सम्वतको उल्लेख नगर्नु त तरकारीमा नून हाल्न विर्सिनु जत्तिकै हो।

नया वर्षको तर्कना गर्दागर्दै निदाएकी किमिला सपनामा तमु ल्होसार मनाउदै थिई। टुडिखेलको नया वर्ष मेलामा ममसंग खाएको अचारको पीरोले अचानक नै उ झल्यास्स व्यूझिइ। घडी हेरी–रातिको दुइबजेको थियो। उ कोल्टे फेरेर फेरी सुती। त्यसपछि उसले फेरी पनि नया वर्षकै सपनादेखि। नेवा नया वर्षको सपना। त्यो साझ उ छायाको घरमा नया वर्ष मनाउदै थिइ। वोडी र वाराका परिकारसंगै पालामा वासा। पालाको वासा ध्वाप्प पारेपछि सपना सकिएको थियो र उ पनि व्यूझिइ सकेकी थिइ।
एकै रात दुइ दुइ नया वर्षको सपना। किमिला आफै दंग परेकी थिइ। उसले फत्तेमानको गीत गुनगुनाई – यस्तो पनि हुदो रेछ जिन्दगीमा कहिले कहिले। उसलाई खूव मन पर्थ्यो यो गीत। ओरिजिनल सुन्न पाएकी थिइन। रिमिक्स त धेरैपल्ट सुनेकी थिइ। अचेल उसलाई पुराना गीत मन पर्न थालेको थियो।
विहानको पाच वजी सकेको थियो। दात माझी। उसलाई नुहाउन मन लाग्दैनथ्यो। त्यसको सट्टा पूरै शरीरभरि स्प्रे गरी र सफा सुग्घर भै। मोवाइल स्कर्टको खल्तीमा घुसारी र ग्यारेजवाट स्कूटी निकालेर घुर्रर लागि कलेजतिर।
स्कूटीमा घुर्रिदैगर्दा उसको मोवाइलमा आतिशका लागि छुट्याएको टोन वज्यो। उसले हतार हतार स्कूटी रोकी। रोक्दा स्कूटी पल्टिनै लागेका वेला कसैले झ्याप्प स्कूटी समायो। किमिलाले देखि आतिश स्कूटी कन्ट्रोल गर्दैछ। उ वोल्दै थियो – किन त्यसरी हुइकिएकी? म पर्खी राखेकोे थाह थिएन?
एकैछिनमा उनीहरु हिंडे स्कूलतिर। के सुर चढेर हो, स्कूल आइपुग्ने वेलामा किमिलाले स्कूटर मोडी अर्कैतिर। आतिशले आत्तिदै सोध्यो– ए कता हिंडेकी। आजको क्लास वंक गर्नु हुन्न। किमिलाले सुनेको नसुन्यै गरी।
महाराजगन्जको कफी पोइन्टमा पुगेर स्कूटी रोकियो। किमिलाले भनी, कस्तो भोक लागेको छ। तिमीलाई छैन?
किमिला व्रेकफाष्टमा जुटी। आतिश कफीसंगै चुरोट तान्न थाल्यो। खान सिध्याएर किमिलाले आतिशको अगाडि रहेको चुरोटको वट्टावाट एउटा चुरोट निकाली, सल्काइ र मुखवाट धुवाको मुस्लो आतिशतिर छाडदै भनी, यसपालि न्यू इयर कहा मनाउने त मिष्टर आशिक?
आतिशलाई उसको प्रश्नै मन परेन। कति मनाइ रहनु नया वर्ष? दशैंदेखि यता सातवटा नया वर्ष मनाइ सकियो। यसपटक अंग्रेजी नया वर्षको पनि चार्म थिएन। चारजना साथी मिलेर टेवल वुक गरे सधै नया वर्ष। खाली पिउने वहाना। उसले किमिलालाई जवाफ दियो, यसपाला न्यू इयर अफ।
आतिश र किमिला वेष्ट फ्रेण्डमात्रै थिए। धेरैपल्ट डेटिंग गएपनि अहिलेसम्म भेज नै थिए उनीहरु। किमिलाका लागि आशिक थियो आतिश र आतिशका लागि कमिला थिइ किमिला। किमिलाले धेरै पटक नन–भेज डेटिंगको प्रस्ताव राख्दै आएपनि आतिश छडकिइ रहेको थियो। नन–भेज डेटिंगको रहर नभएको होइन, उसको आर्थिक अवस्था नै त्यस्तै थियो। किमिलालाई पैसाको खाचो थिएन। ड्याड र ममीले दिएको पकेट खर्चले नपुगे उ हात लामो गर्न पछि पर्दैनथी।
ल किन नि – किमिलाले सोधी।
मूड छैन – आतिशले जवाफ दियो।
किमिला ठस्किइ। आतिशले विस्तारै भन्यो – यू आर नट कम्प्याटिवल टू मी। लेट्स से इट्स ओभर।
ओभर भने ओभर। हू केयर्स – किमिला फन्किदै कफी पोइन्टवाट वाहिरिइ र स्कूटी घुर्रर पारी। आतिशको अकाउण्टमा लास्ट फाइभ थाउज्याण्ड वचेको थियो। उसले कफी पोइन्टको एटीएममा कार्ड घुसार्यो। कार्ड छिर्ने वित्तिकै वत्ती झ्याप भो। शीट– आतिशले क्यास काउण्टरको ठिटोलाई मसीनमा कार्ड अडकेको वतायो। काउण्टरवालाले भन्यो, नो प्रोव्लेम। वत्ती आएपछि म झिक्न लगाएर राखी दिउला। नया वर्ष आउन वाकी छदै आतिशको जीवनमा नया सम्वत शुरु भै सकेको थियो।

प्रेमको पातलिँदो परिभाषा (भाग २)

सुयशको जीवनमा मायाको घाम लाग्न लाग्न खोज्थ्यो, अनि कालो वादल आएर ढपक्क छोपी हाल्दथ्यो। पर्सोन्यालिटी त उसको पनि छ्या भन्ने खालको थिएन। रामेश जस्तो हंकी नभएपनि औसत केटाहरु भन्दा अलिमाथि नै थियो उ। एटिच्यूड प्रोव्लेम भने खूव थियो उसमा। साथीभाइसंग हिंडदा वढी नै पोज मार्ने वानी थियो उसको। कानमा इयरफोन छुटदैनथ्यो। गीतको शोखिन थियो उ। पुराना हिन्दी गीतमा निकै रमाउथ्यो। महिनै पिच्छे मोवाइल फेर्ने शोख थियो उसको। कान्तिपुर शहरमा भर्खर भर्खर व्लूटूथ आएको वेला उसले पनि त्यो यन्त्र कानमा लगाएको थियो। अमेरिकावाट देश घुम्न आएका उसका काकाले के भिरेको त्यो कानमा? अमेरिकामा त लेवर कामगर्नेले मात्रै भिर्छन यस्तो त! भनेपछि उसले कानवाट व्लूटूथ झिकेर थन्क्याइ दिएको थियो।

सुयशले मन पराएका केटीहरुमा किमिला पहिली थिइन। अघिल्लो न्यू इयर्स इभसम्म उ हेलेनाको पछि लागेको थियो। हेलेना फास्ट थिई – स्टडीमा पनि र लाइफ स्टाइलमा पनि। सुयशभन्दा अलि म्याचोर्ड देखिन्थी उ। उमेरकै हिसावले त उ छिप्पिइ सकेकी थिइ। उसको यौवनलाई धानेको थियो मेकअपले। हेलेनालाई रिझाउन सुयशले निकै मेहनत गरेको थियो। उसका लागि ड्रेसअपदेखि कस्मेटिक्ससम्म सुयशले नै धानेको थियो। उनीहरु संगै रेष्टुरा जान्थे र भोडका तान्ने गर्दथे। भोडका चढन थालेपछि हेलेना सुयशको कपाल सुम्सुम्याउथी र भन्थी – ओहो माइ ह्याण्डसम लभ्ली क्याट! ओहो माइ वेवी! यत्तिमै मख्ख पर्थ्यो सुयश। एक साझ भोडका पिउदैगर्दा यस्तो भयो कि हेलेनाले सुयशसंग आउटिंगको प्रस्ताव राखी। सुयश दंग पर्यो। उनीहरु साझ झमक्क परेपछि वाइकमा लागे धुलिखेलतिर। शहरमा मापसे आतंक फैलिएको थिएन। दिन पातलिदै थियो। सुयशको अनुहार हेलमेट लुकेको थियो भने हेलेनाले स्कार्फलाई मास्क वनाएकी थिइ। पहिचानको खतरावाट उनीहरु मुक्त थिए।
यो आउटिंगपछि सुयश र हेलेनाको दोस्ती अचानक नै पातलियो। हेलेना टाढिन थाली सुयशसंग। सुयश आफैपनि तर्किन थाल्यो हेलेनासंग। जाडोछल्न सुयशका मम्मी–पापा मधेश झरेपछि उ मालतीतिर तानियो। मालती सुयशको घरमा थिइ वितेका तीन वर्षदेखि। घरमा उसको हैसियत डोमेस्टिक हेल्परको भन्दा माथि र सुयशको भन्दा तल थियो। हेलेना जस्तै मालती पनि अलिकति म्याचोर्ड देखिन्थी। मम्मी–पापा हिडेको दोस्रो दिन साझ सुयशले मालतीसंग आखा जुधाउदै भन्यो, चम्पी गर्देउ न। मालती मख्ख परी। उसले सुयशको कोठावाट हेयर आयल लिएर आइ र उसको तालुमा तेल ठोक्न थाली। सुयशको पूरै शरीर सेन्सेटाइज भयो। मालतीले पनि रमाइलो अनुभव गरेकी थिइ।
सुयशको यो सम्वन्धपनि तीन चार दिनमा नै पातलियो। अकस्मात नै मालती उसंग तर्किन थाली। विन्टर भ्याकेसन शुरु भएपछि मालती घरतिर लागी र सुयश पनि मधेशतिर लाग्यो। कलेज खुलेपछि फर्केको सुयशले धेरै कुरा वदलिएको पायो। उसको वेस्ट फ्रेण्ड निरुप र सुमनले कलेज छाडेका थिए। हेलेना फूड टेक्नोलजी पढन स्कलरशीप पाएर फिलिपिन्सतिर लागेकी थिइ। नया भर्नामा आएका कोही पनि त्यति फास्ट–फरवार्ड थिएनन। सुयश निकै डल फील गरिरहेको थियो।
सुयशको मन किमिलामा वसेपनि किमिलाको आखामा कतै चढेको थिएन सुयश। लाइफ स्टाइलका कारणले मात्रै हैन विचारले पनि उदार थिइ किमिला। सुयश धन–पैसाले सवै कुरा प्राप्तगर्न सकिन्छ भन्ने सोच्दथ्यो। यो हल्का–फुल्का जमानामा पनि घाटीमा सुनको मोटो सिक्री, हातमा सुुनको व्रासलेट, आखामा पोलो गग्स – सुयशको व्यक्तित्व भद्दा देखिन्थ्यो। उ भने यसैलाई सौन्दर्य ठान्दथ्यो। उसको पुर्ख्यौली त्यति सम्पन्न होइन। मधेशमा चार–पाच विगाह जग्गाहुदैमा मानिस सम्पन्न पनि त हुदैन। वास्तवमा सुयश नव धनाढ्य परिवारको प्रतिनिधि पात्र थियो। उसको पापा जिल्लामा सानोतिनो ठेकदारीको काम गर्दागर्दै ठूला ठेकदार वनेका थिए। पैसा कमाएपछि मान्छेमा अहंकार त चढने नै भो!
सवैसंग वोल्ने, खाने, रमाइलोगर्ने चुलवुले स्वभावकी किमिलाले सुयशसंग चिनजान भएकै दिन मुख वटारेकी थिइ। सुयशको घाँटीमा लर्केको सुनको मोटो सिक्री देख्ने वित्तिकै उसको पारा चढेको थियो। साझ क्याफेमा साथीहरुसंग उसले सुयशको सिक्रीलाई जोक वनाउदै भनेकी थिइ, सुनको दाम्लोले वाँध्दैमा भैंसी कहिले मान्छे हुने हो र? सुयशलाई साँच्चिकै जोक वनाउने विचार गरेर किमिलाको ग्रुपले भोलिपल्ट सुयशलाई क्याफेमा वोलायो। सुयश मख्खपर्दै क्याफे पुग्यो। मेचमा राम्रोसंग वस्न सम्म पनि नवसी निकै वडप्पन देखाउँदै उसले अनाउन्स गर्यो, आज मेरो टि्रट।
केटीहरुले उसको वडप्पन मन पराएनन। इशारा इशारामै कुरा भयो उनीहरुका वीच। केटीहरुले विभिन्न खानेकुराको अर्डर गरे। सवै खाइ सक्ने कुरै थिएन। त्यसपछि कफीको पालो आयो। केटीहरुले कोल्ड क्यापचिनो मगाए, सुयशले एस्प्रेसो। वेटरले उसको अगाडी सानो कपमा एक घुटको कफी ल्याएर राखिदियो। उसले त्यो कफी पिउन मात्रै के पिएको थियो तीतो न तीतो स्वादले रन्थनियो। सधै रामचाको चिया पसलमा मेसिनले गरर्र पारेको दूधिलो र गुलियो इन्स्ट्यान्ट एक्सप्रेसो कफी पिइ रहेको केटोले के धान्न सक्थ्यो एस्सप्रेसो! सुयशले मुख विगारेको देखेर केटीहरु खित्का छाडेर हाँस्न थाले। आठहजार रुपैयाको वील तिरेर आफू दोहोरो वेवकूफ वनेको उसले वुझनै सकेन।
किमिलाको इन्ट्रेस्ट आफूमा नभएको सुयशले वुझनै सकेको थिएन। प्रायःजसो उ किमिलालाई टि्रट दिन्थ्यो। किमिला पनि फोेगटको खाना छाडदैनथी। रामेश र किमिलाका वीचको प्रेम भाव देखेपछि उसको मनमा चीसो पसेको थियो। उसले आफनो भाग्यमा गर्लफ्रेण्ड नै नभएको सोच्न थालेको थियो।

प्रेमको पातलिंदो परिभाषा

रेष्टुरामा साथीहरुसंग रमाइ रहेको रामेश अचानक ठूलो स्वरमा एउटा पुरानो हिन्दी गीत गाउन थाल्यो – क्या हुआ, तेरा वादा! उसको गायन सुनेर साथीहरु रमाएनन। गीतको नाममा कहिल्यै ग सम्म पनि उच्चारण नगर्ने रामेश आज एकाएक किन गाउन थाल्यो? के भयो उसलाई? कतै रक्सी लागेको त होइन?

साथीहरु के गर्ने कसो गर्ने टुंगोमा पुग्न नसकेको वेला रामेशको कुममा हात राख्दै किमिलाले विस्तारै सोधी – के भयो रमी?

किमिलाको मायालु स्वर सुनेर रामेश खुशी भयो। आफनो अनुहारमा एक थोपा पनि खुशी आउन नदिइ उसले रुन्चे स्वरमा विलौना गर्यो – आज लोकतन्त्र डे हैन? लोकतन्त्र भएपछि हामी सवै स्वतन्त्र हुन्छौं भनेको होइन? तर, खोइ कहा छ यहा लोकतन्त्र? यहावाट निस्केपछि मापसे चेकिंग हुन्छ। त्यहावाट उम्किन सके घरमा हुने अर्को मापसे चेकिंगवाट जोगिनु पर्दछ। यही हो त लोकतन्त्र? लोकतन्त्रमा सवैको अधिकार समान हुन्छ, मान्छेले आफनो इच्छा अनुसारको जिन्दगी भोग्न पाउछ भनेर सरले पढाएको होइन? खोइ त हाम्रो खान पिउन लाउन र रमाइलोगर्न पाउने मौलिक अधिकार? हिंड साथी हो, लोकतन्त्रको नाममा झूठो कुरा पढाउने त्यो सरलाई हामी सवैले एक एक किक दिउ र झोंकतन्त्र मनाउ।
रामेशको कुरा सुनेर सवै गललल्ल हासे। एउटा सुयश मात्रै हासेन। उसको अनुहार आवश्यकता भन्दा वढी नै गम्भीर थियो। उ मनमनै सोची रहेको थियो – यो मोरो पागल रुदा किमिलाको टाउको किन दुखेको? के छ यिनीहरुको वीचमा?
सुयश किमिलालाई लभ गर्दथ्यो। लभ र फ्रेण्डशिप संगसंगै चल्ने यो जमानामा किमिला उसलाई लभ गर्थी कि गर्दैनथी? थाह पाउन सकेको थिएन सुयशले। किमिला आफू वाहेक अरु कसैसंग पनि वोली भने उसको पारो चढथ्यो। अहिले पनि भएको त्यही थियो – त्यो साला रामेशलाई रमी रे! सुयश मनमनै उत्तेजित भै रहेको थियो।
सुयशको मनमा चलेको आधी वेहरीका वारे कसैलाई थाह थिएन। मनमनै गुम्सिने मान्छेको मनको कुरा कसरी थाह पाउनु? सुयश सोच्न थाल्यो – अव फेसबुक अकाउण्टमा स्टाटस अपडेट गर्दछु – आइ लभ यू किमी, आइ लभ यू सो मच। वी काइण्ड टू मी। उसले मोवाइलमा नेटवर्क खोज्न थाल्यो। वासापस पासवर्ड टाइप गर्यो। नेट कनेक्ट भएन। जंकीहरुले खानाको भन्दा नेटको खोजी वढी गर्न थालेपछि साहूजीले पासवर्ड चेन्ज गरि दिएको थियो। नया पासवर्ड उसकी छोरी सुकुमायाले आफनो सम्झनामा मात्रै राखेकी थिइ र सुकुमाया यतिवेला अर्को टेवलमा वासा सर्भ गर्दै थिइ।
एकछिन अघिसम्म रुन्चे स्वरमा आलाप विलाप गरी रहेको रामेश साथीहरुलाई लोकतन्त्रको परिभाषा सुनाउदै थियो : हलिउडमा जति लोकतन्त्र वलिउडमा छैन। कलिउडको त कुरै नगर साथी हो। यहाको सेन्सर त वलिउडको भन्दा खतराको छ। हलिउडमा मात्रै हो, सेन्सर पनि छैन, टेन्सन पनि छैन।
रामेशको भाषण एकदमै ठीक लागी रहेको थियो किमिलालाई। उसको घरमा पनि लोकतन्त्र नाम मात्रैको थियो। कपडाका मामिलामा उ माथि सेन्सर शुरु भएको थियो ड्याडी ममीको। किमिलाले भोड्का र चुरोट तान्ने गरेको शंकामा उसको पकेट मनी पनि काटिएको थियो। उसको चालामाला वढी नै लोकतान्त्रिक भएकोमा ड्याडी ममी चिन्तित थिए। वेला वेलामा उनीहरु आफना पालाका कुरा सम्भि्कन्थे र रमाउथे। किमिलाका ड्याडी ममीले पनि लभ गरेका थिए। त्यतिवेला गुपचूप प्रेमपत्र ओहोर दोहोर गर्नु वाहेक अतिरिक्त गतिविधिमा लाग्ने त चान्स नै थिएन…

रगतको भल

कहाँ यस्तो थियो र यो वस्ती? डा“डाको कुनैपनि कुनावाट देखिने जंगलमा फूलेका लाली गुरा“शका निख्खर राता फूलहरु नै छोपिने गरी ढलान भै सकेछ शहरको। सिमेन्टका घरहरुले भरिइ सकेछ पूरै वस्ती। अस्थायी कटेरा र गुम्तीहरुले शहरलाई ढपक्कै ढाकी सकेछ। यो शहरको सौन्दर्य नै वरपरका जंगलहुन। जंगल– न सारै घना, न सारै छिमलिएका। मनलाई मन्द हावामा हेलेर चराहरुको चीरवीरमा जंगलतिर एकोहोरिएको शहरको आँखा नै छोपिएपछि वा“की के रहन्छ र?

के भन्ठाने होलान ती वूढा विदेशी प्रोफेसरले। मैले यो वस्तीका वारेमा जे वताएको थिए“ त्यस्तो केही पनि वा“की थिएन त्यहा“। लाली गुरा“स समेत वाह्रैमहिना फुल्ने होइन रहेछ। त्यसको पनि सिजन हुन्छ रे। शहर भनेको पनि आखिर सिजन नै त हो। वजारले अचम्मको विस्तार लिएको थियो। जलेवी वाईको आइटम नृत्यदेखि तीसरी कसम को “पान खायो सैंया“ हमारो” सम्म। गाउँमा पढाउँदै पढाउँदै वीस वर्ष विताएर शहरिया जीवनको सुख भोग्न आएका पनेरु सरको आँखाको पर्दावाट पन्ध्र सोह्र वर्षको उमेरमा वरेली जा“दा हेरेको वाइस्कोप तीसरी कसमको त्यो नाच अहिलेसम्म उत्रिएको छैन। “अहिलेका ठिटा–ठिटीले के जानेका छन र? तिघ्रो र जांघिया देखाउँदैमा कहाँको सेक्सी हुन्छ?” पनेरु सर अलिकति लजाउँछन। उनको आँखामा तीसरी कसमकी वहीदा रहमानको तस्वीर टल्किन थाल्दछ। कानमा पक्कै पनि तीसरी कसमकै गीत गुन्जिएको हुनुपर्दछ, पान खायो सैंया हमारो, होंठ लाल लाल, मखमलकी कुर्ते पे छिंट लाल लाल।
मैले देखेको जस्तो र मैले भनेको जस्तो शान्त थिएन ड“डेलधुरा। भर्खरै शहर वन्न थालेको थियो वस्ती। असरल्ल पनि र अस्तव्यस्त पनि। शहर भनेको फोहोरको थुप्रो हो भने त्यो कुना कुनामा वाक्लै थुप्रिएको थियो। वुहारीहरु नजीकको कटेरामा छाउपडी वार्न गएपछि घरको आंगन फोहोरले ढाकेको जस्तो। अहिलेसम्म सामान्य फोहोर पचाएर पनि पहाडको माटोले छोप्न भ्याएको देखिन्थ्यो यो वस्तीलाई। नपच्ने, अमिलिएका, वाक्ला र वलिया प्लाष्टिकका रंगीन थोंगाहरु धेरै नै थुप्रिन थाले भने त्यसलाई पचाउने सामर्थ्य कहाँ हुन्छ र पहाडको कलिलो माटोमा? वस्ती वाक्लिए पनि रुप र चरित्र वदलिएको भने होइन। वैंशको उकालो चढदा चढदैकी केटी विहे गरेर व्याउन थालेपछि धम्मरधुस मोटाएको जस्तो मात्रै हो।

स्याउले मोडमा मोटर गुड्ने मूलवाटो छाडेर सहायक वाटोमा अलिकति मोडिदै र अलिकति तेर्सिदै भित्र पस्ने वित्तिकै देखिन्छ ड“डेलधुरा। अमरगढी राखिएको छ यसको नाम। गढी कहाँ छ? त्यो मैले पत्ता लगाउन सकेको छैन। अमरगढी शव्द अहिलेसम्म पनि कसैको मुखमा चढन सकेको छैन। ड“डेलधुरा शव्दमा जति स्वाभाविक र सहज छ त्यो अर्को कुनै शव्दमा पनि छैन। पूरै ड“डेलधुरा आखिर एउटा गढी नै त हो। सौन्दर्यको एउटा किल्ला।

तै पनि, प्रोफेसर खुशी थिए। सुदूर पश्चिमको सुन्दर ड“डेलधुरा घुमाउने मेरो इ–मेल प्रस्तावको जवाफमा उनले लेखेका थिए– ओहो, यो त मैले कल्पना नै नगरेको कुरा भयो। के सा“च्चै म सुन्दा नै पृथ्वीको अन्तिम जस्तै प्रतीतहुने सीमानाको सत्यसंग साक्षात्कार गर्दैछु? सम्भवतः उनका वाक्यहरुको यो अनुवादले उनको भावनाको पूरै प्रतिनिधित्वगर्न सकेको छैन। जस्तो कि, भन्ने पनि गर्दछन– ट्रान्सलेेसन्स आर लाइक वीमेन, दे आर आइदर व्यूटिफूल अर र्फ्लट।

ड“डेलधुरा– के हुन्छ यो शव्दको अर्थ? ओहो, कस्तो हुस्सु भएको दिमाग पनि। पहाडै पहाडको वीचमा वनेको यो रमाइलो टापुमा यति धेरैपटक आइसक्दा पनि ड“डेलधुरा शव्दको अर्थ र महत्व वुुझने सम्झना आएनछ। नाममा आखिर राखेको नै के छ र? हाम्रो लाली गुरा“सलाई शेक्सपियरले गुलाफ भने पनि लाली गुरा“सको मौलिकता मेटिने होइन। लाली गुरा“स रातो वाहेक अरु कुनै रंगमा त फूद्यनै सक्दैन। ड“डेलधुरालाई साहूखर्क भनेर चिनेपनि हुन्छ। सा“च्चै साहूखर्कको खीर कतिले खाएका होलान? मैदानतिरवाट उक्लिदै गर्दा खीर खान खोजेको हो। पहिलेको जस्तो खीरको कल्पना पनि नगर्नु होलाः चालकले भनेपछि गाडी रोक्न लगाउने जा“गर नै चलेन।

वजारको छेउमा एक झुत्ती मानिस उभिएर राजनीतिको कित्ताकाट गर्दैछन। जुनसुकै कित्तामा उभिएपनि मानिसहरुले अहिलेसम्म शेरवहादुर नजोडिएसम्म ड“डेलधुरामा घाम उदाएको कल्पना गर्दैनन। राजनीति यहा“का मानिसका लागि छाउपडी जस्तै हो। एकहजार पटक यो प्रथा विस्थापित भइ सकेको छ र एकहजार पटक यो प्रथा पुनः स्थापित भै सकेको छ। पर कान्लामा वसेर कपाल कन्याइ रहेकाछन छाउपडी भएका केही आइमाइहरु। झुत्तीमा सामेल एउटा मानिस भन्दैछ– वावुसाहेवलाई त्यसरी नामै काढेर वोलाउनुु त भएन नि।

शेरवहादुर कहिलेदेखि वावुसाहेव भए? अर्को मानिस जंगिदैछ। शेरवहादुर हाम्रै शेरे भएको राम्रो लाग्छ हामीलाई – उसको स्वर चर्किदै गएकोछ। मनमा सलवलाइ रहेका तिव्र भावहरुलाई साम्मेपार्न खोज्दैछु म। अर्को पनि समस्या उव्जिएको छ म भित्र। कानै थापेर नसुनेसम्म ड“डेलधुराका चल्तीका शव्दहरुको अर्थ केलाउनु मुश्किल नै हुन्छ। अघि आवाजमा चर्किने मानिस भन्दैछ – वावुसाहेव भएपछि त उनी आउनै छाडेका छन। पाहुना आए जस्तो हेली चढेर आउँछन र हेली चढेर पाहुना जस्तै फर्किन्छन। उनी त हाम्रै मानिस हुन नी, होइन कसले भन्या छ र? वावुसाहेव शव्दको पक्षमा केही थप स्वर सुनिन्छ। ती स्वरमा शक्ति छैन। सुरक्षा र समयसंग जोडिएका शव्दहरु। शव्दहरुमा पनि शक्ति छैन। हाम्रै शेरे शव्दका पक्षमा मानिसहरु सगोल हुन्छन। का“टले नै व्राम्हण भनेर छुट्टिने एकजना मानिसको आवाज सुनिन्छ, मेरा वाजेले नै वनाएका हुन त उनका चिना–टिप्पण। वाले भनेको सम्म सुनेको हू“। मलाइ त के थाह हुने भो र?
हो त, आफै जन्मेको ठाउँमा समेत मानिसले आफूलाई असुरक्षित ठान्न थालेको छ भने के गर्न सकिन्छ र? असुरक्षा त छ। असुरक्षा सत्य हो। त्यो असुरक्षा कसका लागि छ? प्रश्न होइन। कसका लागि छैन? प्रश्न यही हो। यो शान्त ठाउँको काफल वारीमा गोलीका चर्का आवाजहरु सुनिएलान भन्ने कसले सोचेको थियो र? त्यो पनि दश दश वर्षसम्म। लगातार। धेरै पटक दोहोरो भीडन्त देखियो। यो शान्ति पनि वच्चाले सूसू गरेको थाङनाको तातो जस्तो मात्रै हो। मनै खोलेर मानिसहरु हा“स्न सकेको खोइ र?

आँखामा केही वर्ष पुराना दृश्यहरु सलवलाउन थाल्दछन। ड“डेलधुरा प्रवेशको मुख्य नाका स्याउलेको ट्राफिक पोष्ट भरखरै गोली लागेर मृत्युसंग संघर्ष गरी रहेका तीनजना पुलिसको तातो रगतले नुहाएको छ। भर्खरै काटिएको वोकाको टाउको जस्तो। शरीरमा कम्पन छ। मानिसको शरीरवाट त्यसरी तातो रगतका भुल्काहरु छुटी रहेको त मैले सिनेमामा पनि देखेको थिइन। एकपटक समज्ञ लाकौलले दशैंमा खसी छिनालेको दृश्य खिंचेको थियो आफनो क्यामरामा। “स्वतन्त्रता” का लागि खिंचिएको त्यो दृश्य म आफनै लागि र आफनै विरुध्द कठोर व्यंग्य सावित भएको थियो। सनसनीको खोजीमा मानिसको संवेदनाप्रतिको कठोर प्रहार।  त्यत्ति हो। त्यसवाहेक मैले कहिल्यै यस्तो दृश्य देखेको थिइन। मर्दामर्दै गरेका मानिसहरु। स“धै सलवलाइ रहने स्याउलेको सानो वजार चकमन्न थियो। छेउछाउका छाप्राहरुमा सेलको सितनसंग रक्सी तानी रहेका ट्रकका चालकहरु र डोटीको जात्रामा हिंडेका मानिसहरु अचानक नै भागेका थिए। पुलिसलाई गोली हान्ने मानिस को थियो? “देखी जान्ने” र गोलीको आवाज “सुनी जान्ने” कोही पनि थिएन वरिपरि।

आफ्ना पाइलाहरु अनायास नै मानिसहरुको त्यो झुत्तीको नजीक पुगेको थाह पाएपछि म भित्र झस्को पस्न खोज्दै थियो। एकजनाले कुन्नि के सोचेर हो नमस्कारगर्दै भन्यो– भात नपाक्दा सम्मका लागि टाइमपासको मेसो झिकेको। उसका दा“तहरु असाधारण ढंगले चम्किएका थिए। ड“डेलधुरामा मैले यसअघि कुनैपनि मानिस हा“स्दा त्यस्तो चम्किएको दा“त देखेको थिइन। उ वोल्दै थियो– म तपाईंलाई चिन्दछु।

अतीतको मेरो सम्झना सा“च्चै आलो थियो। घटस्थापनाको अघिल्लो दिन दागिएको गोलीले मरेका ती पुलिसहरुलाई शहीद घोषणा गरेको सुनिएन। तीन मध्ये एउटा कालको मुखवाट फिर्ता आएको थियो क्या रे। उसको परिवारले क्षतिपूर्तिको रकम पायो होला कि पाएन? हामी उग्रताराको मन्दिरतिर लाग्दा, घटस्थापनाको दिन भएपनि, दशैंको रौनक कतै थिएन। मानिसहरु आत्तिएका थिए। कतै उग्रताराकै मन्दिरमा गोलीले मुटु छेडेर शरीरवाट रगतको धारा त वग्ने होइन?

प्रोफेसरको आवाजले म तरंगहरुवाट व्यूझिए“। उनी भन्दै थिए, तिमी भावनाको यात्रामा वहकिए जस्तो छ। म अलिकति हा“से। नजीकैको पसलमा गीत गुंजिइ रहेको थियो– यो सम्भि्कने मन छ म विर्सौं कसोरी। तिमी नै भन…ऐ जाने निठूरी। त्यति नै वेला गीतको मेरो आनन्द प्रोफेसरको खानामा अलमलियो। एउटा जावो मान्छेको मन कति ठाउँमा अलमलिनु पर्ने हो। दाल–भात मुछेर खपाखप खान नसकेपनि प्रोफेसर रोटी खान सक्दछन। रोटी खाइ सकेपछि उनी आफना कुरा सुनाउन हतारिन्छन। उनका कुरा सुन्न डोटी र वैतडीदेखि मानिस आएका छन। उनी भन्दछन – तपाईंहरुको यो देश चमकदार मार्वल जस्तो सुन्दर छ। हेर्नुहोस त, यसमा नीलो, रातो, हरियो, पहेंलो, वैजनी– सृष्टिका सातै रंग टल्किएकोछ। यसको सौन्दर्यलाई सजाएर राख्नुहोस। मार्वल भनेको फूलजस्तो हु“दैन। रंगीन र सुन्दर मार्वललाई फुटाएर त्यसको माला वनाउने कल्पना पनि गर्न सकिदैन। प्रोफेसर भावुक भएका छन। विहानमात्र उनी स्याउले पुगेर आएका हुन। एक्लै र पैदल। त्यसरी एक्लै हिंडदा कतैवाट गोली आएर उनको कन्चट छेडेको भए के हुन्थ्यो होला? आतंकको एउटा कुरुप तस्वीर मेरा आँखा अगाडि तेर्सिन्छ। म कहालिन्छु।

सा“झ मौसमको महकमा चुर्लुम्म डुवेको ड“डलधुराको आ“गनमा हामी गफ गर्दैछौं। दुइजना महिला मेचको सर्किलवाट अलिकति वाहिर परेका छन। छाउपडी भएका छन दुवै महिला। पहिली खिरिली महिला भन्दछिन – छाउपडीको विरोधमा वोल्न थालेको त दश वर्षै भयो। कसो कसो मनले मान्दैन। आफू छाउपडी भएका वेला अलिकति हटेरै वसिदो रहेछ। अर्की महिलाका आँखामा गजवको आकर्षण छ। उनी केही नवोलेरै धेरै वोल्दछिन। समय युध्द र शान्तिका वीचको दोधारमा उभिएका वेला मौनताको भाषा नै वढी प्रभावशाली हुन्छ।

त्यो सा“झ भने मौनताको भाषा प्रभावशाली भएन। कतैवाट एक्कासी एउटा मानिस आंगनमा आइपुग्यो र कराउन थाल्यो– तिमी छाउपेडी नकच्चेरीहरु। तिमीहरुले नै हैन मेरो सानेलाई पोलेका? अहिले शान्ति शान्ति भनेर साखुल्ले भएकी छ्यौ। सानेले यसो गर्यो उसो गर्यो भनेर एउटीले दहवन व्यारेकमा तिम्रा नाठा मेजरलाई कुरा लगाउने, अर्कीले माओवादी गुहारेर साने त मेजरको मान्छे भनेर चर्काउने। अनि तिमी पन्च भलाद्मी भै खाका जा“ठाहरु सानेको लासमाथि मुचुल्का टा“सेर आउने। मेरो सानेको लासको पा“चलाख आउँछ चूप लाग भन्ने कुकुरहरु हैनौ तिमेरु? साला, वुझ, यो छत्रे छोराको लास वेचेर पैसा कमाउने मान्छे होइन। यी पाखुडामा काला पहाड उचाल्ने तागत अझै वा“की छन क्या। तिमेरुका धम्कीले वोल्न डराउने मान्छे होइन। तिमेरु सालाहरुको यो शान्ति प्रक्रिया भत्ता प्रक्रिया हो। आफनै भाइ छोराको रगत पिएर वा“च साला नामर्दी लोग।

मेचको सर्किल वनाएर वसेका मानिसहरु छटपटिन थालेपछि पनि छत्रे कराउन छाडेको छैन। केही वेर कराएपछि उ कराउँदै विस्तारै वाहिरियो। वेला वेलामा उ धेरै नेताको नाम लिदै थियोः माधे, शेरे, गिरिजे, प्रचण्डे…

मैले प्रोफेसरको अनुहारतिर हेरें। उनी जिल्ल परेका थिए। भाषामा केही वुझिदैन भने त्यसको भावले चाहिने जति अर्थ वुझाउँछ। मानिसको आवाज लाटो हु“दैन। आवाजले एकप्रकारको आनन्द र एकप्रकारको पीडा दुवै दिन्छ। मलाई थाह थियो, प्रोफेसरले छत्रेका शव्दहरुवाट आनन्द लिएका थिएनन। उनले छत्रेको आक्रोश र पीडाको त्यो भाषा राम्ररी वुझेका थिए। उनको आँखा अगाडी छत्रेको मनको घाउ फुटेर निस्केको रगतको भल वग्दै थियो।